छिन्ताङ्गमा मारिएका १६ जनालाई सहिद घोषणा
२८ बर्ष अघि २०३६ सालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई आज बिहानको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गरेको छ । बि.स.२०३६ साल कात्तिक २७ गते छिन्ताङमा प्रहरीले गोली चलाउँदा १६ जनाको ज्यान गएको थियो ।
तत्कालीन पञ्चायती सरकारले धनकुटाको खाल्सा क्षेत्रका खोकु, छिन्ताङ र आँखीसल्लाका १६ जना सर्वसाधारणको हत्या गरेको थियो । आजको बैठकले प्रदेश राजधानी र प्रदेश प्रमुखबारे भने निर्णय गर्न सकेन तर अन्य ७ वटा निर्णय भने गरेको छ ।
बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने निर्णय हुन सक्ने बताइएको थियो । यसका लागि अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले आजै निर्णय गर्न नसकिएको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका छन ।
मन्त्रिपरिषद बैठकले आज गरेका निर्णहरु यस्ता छन;
१.धनकुटाको छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने ।
२.उपरथि गौरव तन्डुललाई रथीमा बढुवा गरी युएन मिसन कमान्डरको प्रतिस्पर्धाका लागि पठाउने ।
३.सरकारको पुनरावदेन समितिमा हेमराज पन्तलाई पठाउने ।
४.प्राविधिक सहायक रथीमा गजेन्द्रराज शर्मालाई बढुवा गर्ने ।
५.न्याय सेवाको विशिष्ठ श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गर्ने ।
६.२०७५ को राष्ट्रिय आर्थिक गणना आदेश सूची बैसाख १ मा जारी गर्ने ।
७.विश्व बैंकबाट ८ अर्ब ऋण स्वीकार गर्ने ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्