पुर्वी रुकुममा पुगेर गर्जिए प्रधानन्यायाधीश पराजुली
डा.गोविन्द केसीलाई मानहानी मुद्दा लगाएपछी ब्यापक आलोचना खेपिरहेका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताएका छन । पराजुलीले पुर्वी रुकुममा पुगेर सडकमा कोहि कराउँदैमा केहि नहुने स्पश्ट पारेका छन ।
पुर्वी रुकुमको जिल्ला अदालत उद्घाटन गर्दै प्रधान्यायाधीश पराजुलीले आफु सक्षम भएर नै न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको समेत प्रस्ट्याएका छन । अनसनरत डा. गोविन्द केसीलाई प्रक्राउ गर्ने आदेश दिएपछि उनको नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्रको बारेमा ब्यापक आलोचन हुँदै आएको छ ।
आफुले पेश गर्ने ठाउँमा प्रमाण पेश गरि सकेको र अब सडकमा प्रमाण देखाउँदै हिड्न आवश्यक नरहेको उनको भनाई छ । विभिन्न बहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केहि शक्तिहरुले लागिपरे पनि त्यो दिवास्वप्न मात्र हुने पराजुलीको धारणा छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्