सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

टोक्योमा एकल साँझमार्फत गुञ्जिय चेतन सापकोटा

जनवरीको दोस्रो साता १३ तारिख शनिबार साँझ संगितकार तथा गायक चेतन सापकोटा जापानको टोक्योमा रहेका नेपालीमाझ गुञ्जिए । गायक भन्दा बढि संगित सर्जकका रुपमा आफ्नो पहिचान बनाएका सापकोटाले गत शनिबार केही आफ्ना र केही अन्य सर्जकका गित गाएर चिसो मौसममा माहौल तातो बनाए ।

भक्तराज आचार्यको ‘जहाँ छन बुद्धका आँखा’बाट एकल साँझको थालनी गरेका सापकोटाले स्रस्टाहरुको सम्मानार्थ नारायणगोपालको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ गुनगुनाए भने अरुण थापाको ‘जति मायाँ लाए पनि’ गित गाएर दर्शक दिर्घाको ध्यानाकृष्ट गरे ।

त्यसपछी मागेर पाउने भए म, मात लाग्यो मात लाग्यो, मैले हार्दा तिमि जित्छ्यौ भने, मरे भने दिनु है दाउरा उपहार, मखमली चोली, तिमि भन दिउँसै तारा झारिदिन्छु हुँदै फन्को फिल्मको ठुङ्दे गित गाएर एकल साँझलाई बिट मारेका थिए ।

प्रवासी नेपाली मञ्च र जनप्रगतिशिल मञ्च जापानले संयुक्त रुपमा आयोजना गरेको ‘चेतन सापकोटा एकल साँझ’ संगितकारले विदेशमा आएर गरेको यो नै सम्भवत; पहिलो हो । एकल साँझमा संगितकार सापकोटाले आफुले संगित गरेका चलचित्रका गित र आफैले गाएका गित गाएर दर्शक श्रोतालाई मजैसँग मनोरञ्जन प्रदान गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS