सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सिटिबाट पैसा पठाउँदा हप्तैपिच्छे १ जनालाई मोवाईल

सिटि एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पठाएको पैसा नेपालमा प्राप्त गर्ने ग्राहकमध्येबाट हप्तैपिच्छे एक जना भाग्यशाली ग्राहकले मोवाईल उपहार पाउने भएका छन । जापानबाट नेपाल पैसा पठाउने बिश्वासीलो र भरपर्दो रेमिटका रुपमा चिनिएको सिटी एक्सप्रेस जापानले यो उपहार योजना ३ महिनाका लागी सुरु गरेको हो ।

सिटि एक्सप्रेस मनि ट्रान्सफर जापानले दिएको जानकारी अनुसार मोवाईल उपहार योजना यही माघ १ गतेबाट चैत ३० गतेसम्म लागु हुनेछ । मोवाईल उपहार योजना अनुसार जापानबाट पठाएको पैसा नेपालमा प्राप्त गर्ने ग्राहक अन्र्तगत लक्कि ड्र मार्फत हरेक हप्ता एक जनालाई मोवाईल प्रदान गरिने सिटि एक्सप्रेस मनि ट्रान्सफर जापानले जनाएको छ ।

लक्कि ड्र मार्फत विजेता ग्राहकले ओप्पो कम्पनीको मोवाईल पाउने बताईएको छ । उपहार योजना सिटि एक्सप्रेसको रेमिट कार्ड र काउन्टरबाट पैसा पठाउने सबै ग्राहकमा लागु हुनेछ । यो योजना जापानबाट नेपाल पैसा पठाउने ग्राहकहरुको लागि मात्र ल्याइएको सिटि एक्सप्रेस मनि ट्रान्सफर जापानले जनाएको छ ।

‘जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस’ भन्ने मूल नारा लिएको सिटी एक्सप्रेस मनि ट्रान्सफरले पैसा पठाउनलाई काउन्टर तथा एजेन्टकोमा धाईरहनुपर्ने झन्झटलाई अन्त्य गर्न जापानमा रहेका हरेक नेपालीको हातमा रेमिट कार्ड पुर्याउने लक्ष्य लिएको छ ।

टोक्योमा मुख्य कार्यालय रहेको सिटि एक्सप्रेस मनि ट्रान्सफर जापानले जापानको फुकुओका, तोचिगी, नागोया शहरमा आफ्ना कार्यालय तथा काउन्टरमार्फत सेवा दिईरहेको छ भने जापानभरी बिभिन्न एजेन्टमार्फत सेवा प्रदान गरिरहेको छ । छिट्टै जापानका अन्य शहरहरुमा पनि शाखा विस्तार गर्ने सिटि एक्सप्रेसको तयारी रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS