सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सरकारले तोक्यो प्रदेश प्रमुख र प्रदेशको राजधानी

सरकारले सातवटै प्रदेशका प्रमुख तोकेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोकेको हो । प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वर कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ल प्रदेश प्रमुख तोकिएका छन ।

प्रदेश नम्बर १ः गोविन्द सुब्बा
प्रदेश नम्बर २ः रत्नेश्वरलाल कायस्थ
प्रदेश नम्बर ३ः अनुराधा कोइराला
प्रदेश नम्बर ४ः बाबुराम कुँवर
प्रदेश नम्बर ५ः उमाकान्त झा
प्रदेश नम्बर ६ः दुर्गा खनाल
प्रदेश नम्बर ७ः मोहनराज मल्ल

त्यसैगरी सरकारले सातवटै प्रदेशको अस्थायी राजधानीको टुंगो पनि लगाएको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशको अस्थायी राजधानीको टुंगो लगाएको हो ।

महिला तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाका अनुसार मन्त्रिपरिषदले प्रदेश नम्बर १ को राजधानी विराटनगर, प्रदेश २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीलाई तोकेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS