सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उद्दार भयो सिरियामा बेचिएकी सुकमायाँ लिम्बुको

रोजगारीको लागि विदेश जाने क्रममा पछिल्लो समय नेपाली चेलिहरु विभिन्न दलाल तथा ठगहरुबाट बेचिँदै आएका छन् । दलालहरुले सिधा सोझी नेपाली चेलिहरुलाई विभिन्न प्रलोभन देखाएर सजिलै आफ्नो पोल्टामा पार्न सफल हुँदै आएका छन् ।

त्यसो त एउटा देश पठाउँछु भन्दै अर्कै देशमा बेच्दै आएको घटनाहरु दलालहरुको लागि सामान्य नै भईसकेका छन । यस्तै घटनाको सिकार बनाउँदै शुकमाया लिम्बुलाई पनि दलालहरुले सिरीयामा पु¥याउन सफल भए । तर विभिन्न मान्छेहरुको सहयोगमा उनी नेपाल फर्कन सफल भएकी छन् ।

अमेरीकाबाट आङकामी शेर्पा, नेपालबाट गायक, कलाकार नबिन खड्का र दावा छिरीङ तामाङ थोकरको पहलमा लिम्बु नेपाल फर्कन सफल भएकी हुन् । उनलाई युएई लान्छु भनी ओमन पु¥याएको र त्यसपश्चात ओमनबाट लिम्बुलाई सिरीयामा बेचिएको बताइएको छ ।

ओमनबाट लिम्बुलाई चार हजार अमेरीकी डलरमा सिरीयामा बेचिएको जानकारी गराइएको छ । सिरियामा बेचिएकी लिम्बु अहिले उद्दार भएर काठमाण्डौमा आईसकेकी छिन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्