पुलिसले नभेट्ने कुन दुलोमा छन नवराज सिलवाल
पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालको खोजी गर्न नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको हो ।
बढुवाको लागि कार्य सम्पादन मुल्याङ्खकन फाइल किर्ते गरेको आरोपमा सर्वोच्च अदालतले उपस्थित हुन भने पनि सिलवाल फरार भएपछि नेपाल प्रहरीको सिफारिसमा १ सय ९२ देशका प्रहरी सदस्य रहेको इन्टरपोलमार्फत सिलवालको खोजी सुरु गरेको छ ।
इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएपछि अब १ सय ९२ देशका प्रहरीले नवराज सिलवाललाई पक्रेर नेपाल प्रहरीलाई बुझाउन सक्नेछन् । सिलवाललाई पक्राउ गर्न नेपाल प्रहरीको टोलीले नेपाल भरी पनि खोजी तिव्र पारेको छ ।
गोप्य सूचनाको आधारमा प्रहरीले गोदावरीमा रहेको उनको घरमा र ललितपुरको भट्टेडाँडामा खाजे पनि नभेटिएपछि नेपाल प्रहरीले इन्टरपोलको सहयोग मागेको हो । सिलवाल अहिले नेपालमा नै नरहेको प्रहरीको आशंका छ ।
प्रहरी महानीरिक्षक बन्न नसकेपछि राजिनामा दिएका सिलवाल एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट सांसद चुनिएका छन । नयाँ सरकार गठनपछी सरकारले हालका आईजीपी हटाउने र प्रहरी संगठनमा फेरवदल हुनेभएपछी वर्तमान आईजीपीले शक्तिकेन्द्रको निर्देशनमा अब बन्ने सरकारलाई प्रभावित पार्न सिलवालको पक्राउका लागी पुरै दलबल परिचालन गरेको स्रोतले बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्