सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालको सीमा भारतले मिचेको भन्न मिल्दैनः महतो

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मन्डलका सदस्य राजेन्द्र महतोले नेपाल–भारतबीच अहिले सीमा विवाद नभएको जिकिर गर्दै नेपाली सन्चारमाध्यमले उचालेको भरमा नेपाली सीमा भारतले मिचेको भन्न नमिल्ने बताएका छन ।

नेपालका नेताहरुले खोक्रो राष्ट्रवादका नाममा भारतलाई गाली मात्रै गर्ने गरेको बताउँदै उनले नेपालमा छिमेकी देशसँगको सम्बन्धकाबारे दल र व्यक्तिपिच्छे नीति नभइ राष्ट्रिय नीति निर्माण हुनुपर्नेमा जोड दिएका छन ।

त्यसैगरी उनले वाम गठबन्धनको सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वाम गठनबन्धनसँग सरकार गठनका विषयमा सहमति नहुने स्पस्ट पारेका हुन ।

एमालेले संविधान संशोधनका विषयमा सकारात्मक धारणा सार्वजनिक नगरी संविधान संशोधनमा बाधा पुर्याएको आरोप लगाउँदै उनले भने–‘एमाले हिजो पनि संविधान संशोधनका विपक्षमा रहेको थियो, आज पनि छ । यस्तो अवस्थामा वाम गठबन्धनको सरकारमा सहभागी हुने कुरै हुँदैन । संविधान संशोधन नभए हामी जुनसुकै कदम चाल्न बाध्य हुनेछौं ।’

नेता महतोले अगाडी भने–‘प्रदेश नम्बर २ मा जनताले राजपा र फोरमलाई सरकार बनाउने ‘म्यान्डेट’ दिएकाले यहाँ दुई पार्टीको सहमतिमा सरकार निर्माण हुनेछ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्