सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बलत्कार गरेर हाफपाईन्टमै भागे ७२ बर्षका बृद्ध

सुन्दा पनि अनौठो लाग्दो घटना ! धादिङको गजुरीमा बोल्न नसक्ने १४ वर्षीया अपाङ्ग बालिकालाई ‘वनले आइज आइज घरले जा जा’ भन्ने उमेरका एकजना ७२ वर्षीय वृद्धले बलात्कार गरेका छन् । बालिकाको घरैमा पसेर बलात्कार गरेपछि उनी हाफपाइन्ट लगाएर फरार भएका छन् ।

बलात्कारी वृद्धको खोजी भइरहेको इलाका प्रहरी कार्यालय, गजुरीले बताएको छ । प्रहरीका अनुसार उनी हाफपाइन्ट र सर्टमात्रै लाएर मोबाइलसमेत नलिई बेपत्ता भएकाले भेट्न गाह्रो भइरहेको छ । आफ्ना परिवारजनसँग पनि ती वृद्ध सम्पर्कमा नरहेको प्रहरीले बताएको छ ।

१४ बर्षिय रीता (नाम परिवर्तन) गजुरीस्थित एक गरिब परिवारमा जन्मिएकी कान्छी सन्तान हुन । बौद्धिक अपाङ्ग उनीसँग नीलो रङको अपाङ्गता परिचयपत्रसमेत साथमा छ ।

यो घटना गत असोज २२ गतेको हो । रीता आफ्नै घरमा एक्लै थिइन् । उनको घरसँगै नजिकै छ, ती वृद्धको घर, जो उमेरले ७२ वर्ष पुगेका छन् । तर, उनले त्यस दिन कोही नभएको मौका छोपी रीतामाथि जबरजस्ती करणी गरे । बौद्धिक अपाङ्ग रीता उनका अगाडि निरीह थिइन् । किनकी, प्रतिकार गर्न उनको बोली आउँदैनथ्यो ।

त्यसै क्रममा पीडित बालिकाका बुबा त्यहाँ आइपुगे । तर, सोझा ती बुबाले के गर्ने कसो गर्ने कुनै मेसो पाएनन् । छरछिमेकलाई बोलाउने भन्दै उनी ती वृद्धलाई घरमा थुनेर बाहिर निस्किए । तर, विडम्वना, पीडितका बुबा बाहिर निस्किएका बेला उनी घरको कमजोर छिस्किनी खोलेर बाहिर निस्किन सफल भए ।

घटनालगत्तै उनले इलाका प्रहरी कार्यालय, गजुरीमा किटानी जाहेरी दिए । प्रहरीले जबरजस्ती करणी अन्तरगत मुद्दासमेत चलायो । तर, अहिलेसम्म बलत्कारी बृद्ध फेला पर्न सकेका छैनन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्