भागबण्डा नमिलेर रोकियो एमाले माओवादी एकता
एमाले र माओवादी केन्द्रको एकता प्रयास पदीय भागवण्डामा अल्झिएको छ । प्रधानमन्त्री वा एकीकृत पार्टीको अध्यक्ष नपाए एकता असम्भव हुने माओवादी केन्द्रले जनाएको छ ।
एकीकृत पार्टीको अध्यक्ष माओवादी केन्द्रलाई दिन एमालेको संस्थापन पक्ष तयार नभएपछि एकता अलमलमा परेको माओवादी केन्द्रका नेताहरुले बताउन थालेका छन् । यद्धपि पार्टी एकताको प्रक्रिया नरोकिने उनीहरुको भनाई छ ।
एकता प्रक्रियामा देखिएको समस्या सुल्झाउन दुबै पार्टीका अध्यक्षहरु छलफलमा सक्रिय रहेपनि निष्कर्षमा पुग्न सकेका छैनन् । एमाले अध्यक्ष केपी ओली पक्षधरले अध्यक्ष पनि ओली नै हुनुपर्ने बताउँदै आएका छन् । माओवादी केन्द्रले भने आफ्नो पार्टी विलय नभएर सम्मानजनक एकताको पक्षमा रहेको बताउँदै आएका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता रोक्ने र बामगठबन्धन तोड्ने षड्यन्त्र भइरहेको सार्वजनिक धारणा समेत राखिसकेका छन । यद्धपि दुबै दलका नेताहरुले पार्टी एकता हुने दाबी भने गर्दै आएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्