सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यौन प्रस्ताव नमान्दा हस्पिटलमै किशोरीमाथी स्प्रीड

डोटीमा एक १५ बर्षिया किशोरी र उनका आफन्तले जिल्ला स्वास्थ्य कार्यालय डोटीमा कार्यरत कर्मचारीले यौन प्रस्ताव नमान्दा आफुमाथी स्प्रीड छ्यापिएको आरोप लगाएकी छिन । आरोप लगाउने किशोरी पाँच दिनदेखि जिल्ला अस्पताल डोटीमा उपचार गराइरहेकी बज्यैको कुरुवा बसेकी थिईन ।

प्रहरीले भने प्रारम्भिक छानबिनमा युवतीमाथी बलत्कारको प्रयास भएको वा उनीमाथी नियतवस स्प्रीड छ्यापेको नभई आगो नबलेपछी आगो बाल्न स्प्रीड हाल्ने क्रममा किशोरीको शरिरमा पर्न गएको देखिएको बताएको छ । डोटी प्रहरीका अनुसार पिडित भनिएकी किशोरीका आफन्त र आरोपित कर्मचारीबिच छलफल भईरहेको छ ।

पिडित भनिएकी दिपायल सिलगढी–७ बस्ने १५ बर्षिया किशोरी शोभा (नाम परिवर्तन) का अनुसार अस्पतालमा कार्यरत बिमल कुँवरले यौन प्रस्ताव राखेको तर आफुले अस्विकार गर्दा कुवँरले उनीमाथी स्प्रीड फ्याँकेका थिए ।

पीडित बालिकाका अनुसार आइतबार राति १० बजे जिल्ला स्वास्थ्य कार्यालय परिसरमा आगो तापिरहेको समयमा कुँवर आगो ताप्ने निहुँमा नजिक आएका थिए । सोही क्रममा कुँवरले विस्कुट दिने भन्दै घुम्नलाई आफ्नो कोठामा जान बालिकालाई आग्रह गरेका थिए ।

आफुले जान नमान्दा अस्पतालको ईमरजेन्सी वार्डबाट बोतलमा रहेको तरल पदार्थ छ्यापेको पिडित किशोरीले बताएकी छिन । तरल पदार्थ बालिकाको शरिरमा छर्कँदा उनको यौनाङ्ग जलेको अस्पतालले जनाएको छ ।

पीडितसंगै रहेकी प्रत्यक्षदर्शी भगवती वि.कले भनिन–‘हामी आगो तापीरहेका थियौँ, त्यो मानिस आयो अनेकांै कुरा गर्याे, हामिले त्यस्तो कुरा नगर्न आग्रह गर्याै तर उसले शोभा (नाम परिवर्तन) को कपाल तान्दै उनीमाथि हातपात गर्याे । केही समयपछि बोतलमा पानी जस्तो चिज ल्याएर उनको शरीरमा खन्याउँदा शरिरमा आगो बल्यो ।’

विगत ११ महिना देखि वायोमेडिसियन टेक्निसियनको रुपमा जिल्ला स्वास्थ्य कार्यालय डोटीमा कार्यरत कुँवरलाई आइतबार राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित पक्षले एसिड हालेको दाबि गरेको भए पनि उनको उपचारमा संलग्न डाक्टर विवश पराजुलीले युवतीको शरिरमा छ्यापिएको भनिएको तरल पदार्थ एसिड नभई स्प्रिड भएको बताएका छन् ।

पिडित बालिकाको जिल्ला स्वास्थ्य कार्यालय डोटीमै उपचार भइरहेको छ । डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मधुसुधन लुईटेलले यो घटनाको विषयमा दुवै पक्षबीच छलफल भइरहेको बताएका छन । उनले भने–‘बलात्कारको प्रयास भन्न मिल्दैन, आगो निभेको थियो बाल्नलाई स्प्रिड लिएर हाल्ने क्रममा बालिकाको शरीरमा पर्न गएको भन्ने छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्