सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

त्रिशुलीमा खसेको जीप र सचिवको शव भेटियो

सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप त्रिशुली नदिमा खसेको छ । काठमाडौँ आउने क्रममा शनिबार बिहान धादिङको सलाङघाटबाट जिप त्रिशुली नदिमा खसेको हो ।

बा २ झ ३१४० नम्बरको सिंचाइ मन्त्रालयको जिप धादिङको बेनीघाटरोलाङ गाउँपालिका–३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । जीपसँगै नदीमा खसेका खसेका सचिव रामानन्द यादवको शव १५ मिटर गहिराईमा रहेको जिपबाट निकालिएको छ ।

त्रिशुलीमा बेपत्ता जिपलाई गोताखोरले १५ मिटर मुनी फेला पारेका थिए । हराइरहेका बाँकी २ मध्ये सचिव यादवका छोरा संजय यादव र परिचय खुल्न नसकेको एकजना किशोरी रहेको घाइते चालकले जानकारी दिएको गजुरी प्रहरीले जनाएको छ ।

जिपमा अरु को–को थिए भन्ने खुलिसकेको छैन । घाइते अवस्थामा रहेका चालक निराजन यादवलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । अहिले नदीमा बेपत्ताहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

सचिव यादव कपिलवस्तुबाट छोरी डाक्टर रञ्जनाको बिहेको कुरो छिनेर फर्कीँदै थिए । बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जिप पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ५० मिटर तल नदीमा खसेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्