सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

धुमधामसँग ल्होसार मनाउँदै शेर्पा संघ जापान

जापानकै जेठो नेपाली संस्था शेर्पा संघ, जापानले बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि बौद्ध धर्मावलम्वीहरुको मुख्य चाड ल्होसारलाई भब्यताका साथ मनाउँदैछ । बौद्ध धर्मावलम्बीको नयाँ बर्ष २१४५ औँ ग्याल्पो ल्होसार, स फो खि लो (कुकर बर्ष) लाई अविश्मरणीय र मनोरञ्जनपुर्ण बनाउन शेर्पा संघले सम्पुर्ण तयारी सकाएको छ ।

फेब्रुअरी १८ तारिख आईतबारका दिन तय गरिएको ल्होसार बिशेष कार्यक्रम टोक्योस्थित हामामाचु स्टेसन नजिकैको मन्दिर रेष्टुरेन्टमा हुँदैछ । ल्होसार बिशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक साँझमा गायक कर्म दोङले आफ्ना गीतहरु प्रस्तुत गर्नेछन भने डान्सर रक्षा भट्टराई र तितुङ लामाले बिभिन्न नेपाली गीतहरुमा डान्स प्रस्तुत गर्नेछन ।

कार्यक्रममा शेर्पा संस्कृती झल्कने नृत्य तथा शेर्पा पोषाक पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ । ‘भाषा, धर्म र संस्कृती र धर्मको संरक्षण, शेर्पा संघ जापानको मुल अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको ल्होसार बिशेष कार्यक्रम विविध सांस्कृतिक कार्यक्रमलाई दावा शेर्पाले सञ्चालन गर्दैछन ।

संघका अध्यक्ष लाक्पा गेलु शेर्पाले जापानबासी नेपालीहरूलाई ल्होसार कार्यक्रममा सहभागि भइदिन आग्रह गरेका छन । जापानको कानुन अनुसार दर्ता भएको पहिलो नेपाली संस्था शेर्पा संघले जापानबासी नेपाली समुदायलाई आपतविपदमा बिभिन्न सहयोग गर्दै आएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्