सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिमानाका गाउँहरुमा भारतीय चोरको सास्ती

दशै सुरु भएसँगै पूर्वी नेपालका सीमावर्ती गाउँहरुमा असुरक्षा बढेको छ । भारतीय सीमाना जोडिएका गाउँहरुमा चोरी, डकैती र तस्करीका घटना बढ्न थालेपछि स्थानीय बासिन्दा असुरक्षित महसुस गर्न थालेका छन । गोठमा बानिएका गाईवस्तु समेत चोरी हुन थालेपछी स्थानिय बासिन्दा चिन्तित बनेका छन् ।

सीमा क्षेत्र सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरीले समेत नियमित गस्ती गर्न छाडेपछि भारतीय सिमाना जोडिएका गाउँहरुमा शान्ति सुरक्षा कमजोर बनेको स्थानीय बासिन्दाको भनाई रहेको छ ।

पूर्वका सुनसरी, झापा, सप्तरी, सिराहाका मीमावर्ती गाविस निरिक्षण गर्न गएको राष्ट्रिय मानव अधिकार आयोगका सदस्यहरु गोविन्द शर्मा र मोहना अन्सारी नेतृत्वको टोलीसँग स्थानीय बासिन्दाले सीमा क्षेत्रमा सुरक्षा नभएको भन्दै ध्यानाकर्षण गराएका छन ।

भारतीय डाँकाको समूहले चोरी गर्न थालेपछि सीमा क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्न थालेका छन । गाईवस्तुको जोगाउन स्थानिय बासिन्दा गोठमा ओछ्यान लगाएर सुत्ने गरेका छन् । भारतीय डाँकाहरुको समुहले नेपालीका गाईवस्तु चोरेर, लुटेर लिने सिमा क्षेत्रका गाउँहरुको पुरानै समस्या हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्