सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पौरखी युवा, दुध बेचेर महिनामा ४५ हजार आम्दानी

देशमा बढ्दै गएको चरम बेरोजगारीका कारण युवाहरु विदेश पलायन हुने क्रम बढिरहेका बेला रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिकाका एक युवकले भैँसीपालनबाट मासिक ४५ हजार रूपैयाँ आम्दानी गर्ने गरेका छन् ।

चार वर्षअघि भैंसीपालन सुरु गरेका मुसिकोट नगरपालिका–६ सेरीगाउँका यामराज गौतमले यस अवधिमा ३० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरिसकेका छन् । सदरमुकाम खलंगा बजारमा दूध बिक्री गर्ने उद्देश्यले भैंसीपालन सुरु गरेका उनले दैनिक ३५ लिटर दूध बिक्री गर्ने गरेको बताएका छन् ।

अहिले गौतमको गोठमा ६ वटा भैँसी र एउटा गाई रहेका छन, जसमा चार वटा भैँसी र एउटा गाई दुहुना छन् । गौतमले एक लिटर दूध ५० रुपैयाँमा बिक्री गर्दै आएका छन । चार वर्षअघिसम्म आफै रोजगारी खोज्दै हिँड्ने गौतमले अहिले अन्य दुई जनालाई समेत रोजगारी दिएका छन् ।

भैँसीपालक यामराज गौतमले भने–‘पहिले म जागिरकै लागि धेरै भौँतारिएँ, अहिले भैँसीपालनबाट मनग्य आम्दानी भइरहेको छ ।’ भैँसीपालक कृषक गौतमले दूधसँगै कम्पोष्ट मल समेत बिक्री गरेर आम्दानी गरिरहेका छन् ।

गौतम सदरमुकामको पहिलो व्यावसायिक भैँसीपालक तथा दूध उत्पादक कृषक हुन् । खलंगा बजारमा दूधको आवश्यकता बढ्दै जाँदा भैँसीपालन उपयुक्त व्यवसाय हुने लागेपछि आफू यसतर्फ आकर्षित भएको उनले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS