विदेश जानेलाई ठग्ने दलालको रोजिरोटी बन्द
वैदेशिक रोजगारीमा ठगी गर्ने क्रम बढेपछि सरकारले म्यानपावर कम्पनीले एजेन्ट राख्न नपाउने व्यवस्था लागु गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ को संशोधित मस्यौदामा म्यानपावर एजेन्ट राख्न नपाउने व्यवस्था गरिएको हो ।
श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार सम्बन्धी ठगीमा म्यानपावर एजेन्सीभन्दा एजेन्टको बदमासी बढी देखिएको भन्दै मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा ऐन संशोधन सुझाव समिति गठन गरेको थियो ।
ऐन संशोधन सुझाव समितिले पछिल्लो समयमा म्यानपावर एजेन्सी भन्दा एजेन्ट विरुद्ध ठगीको उजुरी बढी परेको भन्दै एजेन्ट राख्न नपाइने व्यवस्था गरेको हो ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा वैदेशिक रोजगार विद डा. गणेश गुरुङले गरेको अध्ययनमा पनि कामदारहरु तहतहका एजेन्टबाट ठगिने गरेको देखिएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्