चाँडै सर्ने भयो हेटौँडाबाट प्रदेश ३ को राजधानी
प्रदेश नं. ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले एक देखि डेढ महिनाभित्र हेटौडाबाट प्रदेश राजधानी सारेरै छाड्ने बताएका छन् । सदरमुकाम मन्थलीमा नेपाल माझी उत्थान संघ रामेछापले आयोजना गरेको लदी पूजा कार्यक्रममा मन्त्री स्थापितले भने, ‘हेटौँडा कसैलाई पायक पर्दैन । पायक नपर्ने ठाउँमा राजधानी राखेर हुन्छ ?’
उनले अघि भने, ‘मैले अठोट गरिसकेको छु, प्रदेश ३ को राजधानी काठमाडौं आसापास हुन्छ । एकदेखि डेढ महिनाभित्र राजधानी सरिसक्छ ।’ स्थापितले माझी समुदायको लदी पूजालाई पर्वको रुपमा सूचिकृत गराउने प्रतिवद्धता पनि व्यक्त गरेका छन ।
प्रविधिले खोसेको माझीको माछा मार्ने र डुंगा चलाउने पेसालाई अब नयाँ हिसावले अघि बढाउनु पर्ने पनि उनले बताएका छन । माझी समुदायको पेसासँग जोडिएको शिप विकास तथा साधन र श्रोत जुटाउन प्रदेश सरकारले जति पनि खर्च गर्न सक्ने प्रदेश सरकारका मन्त्री स्थापितले बताएका छन ।
कार्यक्रममा प्रदेश सांसद शान्तिप्रसाद पौडेलले माझी भाषा र संस्कृतिको संरक्षणको लागि प्रदेशको कानुनमा नै समावेश गर्न आफू लागि पर्ने बताएका छन । अर्की सांसद रिता माझीले माझी समुदायले आप्mनो संस्कार र संस्कृतिको संरक्षणकै लागि संघर्ष गरिरहनुपरेको बताइन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्