माछा दिन्छौँ भन्दै तीन जनाले बलत्कार गरे बालिका
पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर–५ निचुटामा आठ वर्षीया एक बालिकालाई तीन जना युवकले सामूहिक बालात्कार गरेका छन् । निचुटाकै एक सामुदायिक विद्यालयको कक्षा १ मा अध्ययनरत बालिकालाई माछा दिने प्रलोभन दिएर तीन जना युवकले बलात्कार गरेका हुन् ।
बलत्कारबाट गम्भिर घाइते भएकी बालिकाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनको शल्यकृया गरिएको र अहिले पनि उनको अवस्था चिन्ताजनक रहेको पर्सा प्रहरीले बताएको छ । बुधबार अपरान्ह विद्यालय सकाएर घर फर्किएकी बालिका आफनी एक जना साथीसँग बाख्रालाइ घाँस लिन भनि गाँउ नजिकैको खेतमा गएकी थिइन् ।
खेतको नजिकैको पोखरीमा माछा मारिरहेका तीन जना युवकले ती दुवै बालिकालाई माछा दिने लालच देखाएर एकान्त स्थानमा लगेर जबर्जस्ती गर्न खोज्दा एक जना बालिका उम्केर भाग्न सफल भएपनि अर्की बालिकालाई ती युुवकहरुले कुटपिट र लछारपछार गर्दै पालै पालो बलात्कार गरेका थिए ।
बुधबार अपरान्ह घाँस लिन घरबाट बाहिर निस्किएकी बालिका साँझ अबेर सम्म पनि घर नफर्किए पछि बालिकाका बुबाले खोज्दै जाँदा उनलाइ घर नजिकैको पर्तिमा अचेत अवस्थामा फेला पारेका थिए ।
नारायणी उपक्षेत्रीय अस्पतालमा आज बिहान उपचार गराइरहेको अवस्थामा भेटिएका पिडित बालिकाको बुबाले भने, ‘पहिले बजारसम्म खोज्न गएँ । तर, नभेटिएपछि फेरि घरको पछाडि पर्ति तिर खोज्न जाँदा उसलाई अचेत अवस्थामा फेला पारेपछि तत्कालै एम्बुलेन्स बोलाएर अस्पतालमा पुरयाएको हुँ ।
राति डाक्टरले अप्रेशन थियटरमा लगेर अप्रेशन गर्नुभएको छ । अहिले पनि छोरी बोल्न सक्ने अवस्थामा छैन । बलात्कारमा संलग्न तीनै जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनीहरुलाई स्वास्थ्य परिक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको छ । तीन जना मध्ये एक जनाको त यौनांग नै च्यातिएको छ । उनीहरुलाइ भोलि सार्वजनिक गरिँदैछ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्