सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

यूएस बंगलाको बिमान त्रिभुवन बिमानस्थालमा दुर्घटना

अवतरणको क्रममा यूएस बङ्लाको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । रनवेमा चिप्लिएर विमान दुर्घटना भएको जानकारी आएको छ ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो । विमान आकासबाटै अनियन्त्रित भएर अवतरण भएको प्रत्यक्षदर्शीले बताएका छन ।

अहिले उद्दार कार्य भईरहेको छ । बिमानमा आएको खराबिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS