जल्दै गरेको बिमानबाट १४ जना यात्रुलाई निकालियो
बंगलादेशको राजधानी ढाँकाबाट उडेको युएस बंगलाको बिमान काठमाण्डौस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको छ । दुर्घटनामा परेको बिमानमा ४ जना चालक दलका सदस्यसहित ७१ यात्रु रहेको जानकारी प्राप्त भएको छ ।
जल्दै गरेको बिमानबाट १४ जनालाई निकालेर उपचारका लागी पठाइएको छ । बिमान जलेर दुर्घटनाग्रस्त भएको छ । बिमानमा सवार अन्य यात्रुको विवरण प्राप्त भएको छैन । दुर्घटनामा परेको बिमान आकासबाटै अनियन्त्रित भएर आएको बताईएको छ ।
बिमान रनवेमा चिप्लिएर दुर्घटना भएको बताईएको छ । ढाकाबाट आएको विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो । अहिले उद्दार कार्य भईरहेको छ ।
एकजना प्रत्यक्षदर्शीले भने–‘विमान आकाशबाट एकै पटक तल ओर्लियो, ल्याण्ड नभइ साँखुतिर हान्नियो । जहाज फेरी फर्केर घरतिरै ठोक्किएला झै गरी आयो । ९० डिग्रीमा मोडेर चावहिलतिरबाट ल्याण्ड भएको एकै छिनमा धुवाँ आयो ।’
बिमानमा आएको खराबिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । अहिले उपत्यका भरीका दमकल बिमानको आगो निभाउन प्रयोग गरिएको छ । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र बिमानस्थल उद्दार टिम दुर्घटनाग्रस्त बिमानमा सवार यात्रुको उद्दारमा खटिएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्