दुर्घटनाग्रस्त बिमानबाट २० जनाको शव निकालियो
त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त युएस बंगलाको बिमानबाट २० जनाको शब निकालिएको जानकारी प्राप्त भएको छ । जलेको अवस्थामा ति शबहरु निकालेर रनवेमा राखिएको बताईएको छ ।
उद्दारमा खटिएको सुरक्षाकर्मीले दिएको जानकारी अनुसार बिमान चालक सहित चालक दलका सदस्यले ज्यान गुमाएको भनिएको छ । सुरुमा ७१ यात्रु भनिए पनि ७६ यात्रु रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
१४ जनालाई जिवितै उद्दार गरी उपचारका लागी अस्पताल पठाईसकिएको छ । घाईतेहरुको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भईरहेको छ । दुई जनालाई जलेको अवस्थामा नर्भिक अस्पताल पुर्याइएको छ ।
दुर्घटनामा परेको बिमान आकासबाटै अनियन्त्रित भएर आएको बताईएको छ । बिमान रनवेमा चिप्लिएर दुर्घटना भएको बताईएको छ । ढाँकाबाट आएको विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो ।
एकजना प्रत्यक्षदर्शीले भने–‘विमान आकाशबाट एकै पटक तल ओर्लियो, ल्याण्ड नभइ साँखुतिर हान्नियो । जहाज फेरी फर्केर घरतिरै ठोक्किएला झै गरी आयो । ९० डिग्रीमा मोडेर चावहिलतिरबाट ल्याण्ड भएको एकै छिनमा धुवाँ आयो ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्