जापानको क्युस्यु क्षेत्रमा गठन भयो काभ्रेली समाज
काभ्रेबाट बिभिन्न पेशा, व्यवसाय र अध्ययनका लागी जापानको क्युस्यु क्षेत्रमा बस्दै आएका काभ्रेलीहरु संगठित भएका छन । सुपेन्द्र घिसिङको नेतृत्वमा काभ्रेली समाजको क्युस्यु क्षेत्रिय समिति गठन गर्दै काभ्रेलीहरु संगठित भएका हुन ।
नवगठित समाजको उपाध्यक्षमा निरोध हुमागाईं र सिर्जन श्रेष्ठ निर्वाचित भएका छन् । समितिको सचिवमा दिपक लामा (लोप्सांग) चयन भएका छन भने सहसचिवमा सविन थापा चयन भएका छन । समाजको कोषाध्यक्षमा विश्वराज उप्रेती चयन भएका छन भने सह–कोषाध्यक्षमा प्राथन्न सापकोटा रहेका छन् ।
समाजको सदस्यहरुमा राजु सेन्चुरी, विकास तामाङ, भोला पाण्डे, सरोज थापा, बिक्रम घिसिङ, सुवास मैनाली, सुनिता वाग्ले र विजय खरेल रहेका छन् । क्युस्यु काभ्रेली समाजको सल्लाहकारमा देवराज उप्रेती रहेका छन् ।
कार्यक्रम अन्र्तराष्ट्रिय काभ्रे समाजका प्रमुख कपिल देव थापाको प्रमुख आतिथ्यतामा भएको थियो भने बिशेष अतिथिका रुपमा फुकुओका नेपाल सोसाईटीका पुर्व अध्यक्ष छत्र दाहाल रहेका थिए ।
अन्य अतिथिहरुमा फुकुओका नेपाल सोसाईटीका अध्यक्ष पुर्षोत्तम सिग्देल, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबका अध्यक्ष अर्जुन थापा रहेकका थिए । कार्यक्रम देवराज उप्रेतीको सभापतित्वमा याकुइनस्थित जोजो रेष्टुरेन्टमा भएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्