प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री निधिलाई जेल हाल्नुपर्छ; पहारी
युवा संघका अध्यक्ष राजीव पहारीले नेपाल कानूनको सर्वाेच्चता भएको मुलुक भएकाले प्रहरीका मोस्ट वान्टेड व्यक्तिलाई भेट्ने प्रधानमन्त्री प्रचण्ड र भेटघाटको वातावरण मिलाउने गृहमन्त्री विमलेन्द्र निधिलाई छानविन गरी कानूनी कठघरामा उभ्याउनुपर्ने बताउनु भएको छ ।
युवा संघद्धारा आयोजित कार्यक्रममा पहारीले भन्नुभयो–‘प्रहरीले खोजी गरिरहेका ‘अपराधी’लाई बाह्य देशमा गएर भेट्ने प्रधानमन्त्री र घेटघाटको वातावरण मिलाउने गृहमन्त्री दुवैलाई छानविन गरी जेल हाल्नुपर्छ । विधि र कानुन विरुद्ध जाने कसैलाई छोडन् हुँदैन ।’
पहारीले अगाडी भन्नुभयो–‘सत्ता र शक्तिका आडमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिले टिकापुर हत्याकाण्डका जघन्य अपराधीलाई उन्मुक्ति दिन चाहेका छन् । देशमा कानूनी सर्वाेच्चता कायम राख्न प्रहरीले अपराधीहरुलाई उन्मुक्ति दिन खोज्ने प्रचण्ड र विमलेन्द्र निधिलाई समातेर जेल हाल्नुपर्छ ।’
अध्यक्ष पहारीले लडाकु शिविरका नाममा प्रधानमन्त्री प्रचण्डले साढे चार अरब भ्रष्टाचार गरेको भन्दै अख्तियारको छानविनको घेरामा परिसकेको व्यक्तिलाई पदबाट बर्खास्त गरी कानूनको दायरामा ल्याउनुपर्ने समेत बताउनु भएको छ ।
उहाँले प्रधानमन्त्री प्रचण्डले भारत गएर राष्ट्रघाति सम्झौता गरेको दावी गर्नुभएको छ । उहाँले भन्नुभयो–‘प्रधानमन्त्रीले दिल्लीमा असंलग्न परराष्ट्र नीति विपरित गतिविधि र क्रियाकलाप गरेका छन् । नेपालको सम्प्रभुता भारतलाई सुम्पिने प्रयत्न गरेका छन् । उनलाई सत्तामा बस्ने कुनै अधिकार छैन् । बर्खास्त गरी तुरुन्त हिरासतमा लिनुपर्छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्