माईक्रो बस भित्रै बलात्कृत भईन १७ बर्षिया युवती
काठमाडौं जान माइक्रोबसमा ‘लिफ्ट’ मागेकी एक युवतीलाई चालक र सहचालकले सामूहिक बलात्कार गरेका छन । सप्तरीको छिन्नमस्ता सखडाबाट काठमाडौं चल्ने वा ५ प ३१४१ नम्बरको माइक्रो बस भित्रै फागुन २९ गते झापाकी युवती बलात्कृत भएकी हुन ।
ती युवतीलाई बसकै चालक र सहचालकले बलात्कार गरेको प्रहरीले जनाएको छ । १७ वर्षीया ती युवतीले काठमाण्डौ जानका लागि सप्तरी सदरमुकाम राजविराजमा लिप्ट मागेकी थिइन । बस स्टाफले माइक्रोमा हालेर नेपाल–भारत सीमा क्षेत्र नजिक छिन्नमस्ताको सखडा पुर्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
सिरहाको भगवानपुर–९ घर भएका चालक वैद्यनाथ दास र बाँकेको राप्ती सोनारी–५ का खेमराज बैसे पक्राउ परेका छन । मध्यराति १२ बजेको समयमा सीमा क्षेत्रबाट नियमित गस्ती गरेर फर्किरहेको प्रहरी टोलीले शंका लागेर माइक्रो जाँच गर्दा युवतीलाई बलात्कार गरिरहेकै अवस्थामा ती दुईलाई समातेको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहका अनुसार दुवैजना विरुद्ध जबर्जस्ती करणी मुद्दामा कारबाही अघि बढाइएको छ । पीडित युवतीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गराइएको छ ।
युवतीलाई अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीको सेफ हाउसमा राखिएको छ । झापा घर बताउने ती युवतीको अभिभावकसित सम्पर्क गर्ने प्रयास भइरहेको र अभिभावकलाई बोलाएर युवती जिम्मा लगाइने एसपी सिंहले जनाएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्