ठुलो दुर्घटना हुनबाट जोगियो यती एयरलाईन्स
यती एयरलाईन्सको जहाज भैरहवा विमानस्थलमा ठुलो दुर्घटना हुनबाट जोगिएको छ । गौतमबुद्ध विमानस्थल भैरहवामा अवतरण गर्ने क्रममा अगाडिको चक्का नखुलेपछि उक्त जहाज धावनमार्गको बिचमा रोकिएको छ ।
काठमाडौंबाट भैरहवा आएको 9 N-AJI नं. को उक्त जहाज धावनमार्गमा रोकिएपछि अहिले क्रेन लगाएर धावनमार्गबाट बाहिर हटाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
विमानमा रहेका सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । जहाज धावनमार्गको विचमा रोकिएपछि भैरहवा विमानस्थलमा अन्य जहाजको अवतरण र उडान कार्य रोकिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्