ग्यासको मुल्य कुन–कुन कम्पनीले घटाए हेर्नुहोस
सिलिन्डरको मागमा कमी आएपछी कम्पनीको बजारीकरण गर्न केही उद्योगीले खाना पकाउने ग्यासको मूल्य घटाएका हुन् । ग्यास बिक्रेता संघ काठमाण्डौका अनुसार उद्योगीले कम्तीमा एक सय रुपैयाँदेखि साढे तीन सय रुपैयाँसम्म मूल्य घटाएका हुन ।
बिक्रेता संघका अनुसार सबैभन्दा बढी नमस्ते, सगर र त्रिवेणीले मूल्य घटाएका छन । नमस्ते ग्यासले २३ सय ५० रुपैयाँ लिँदै आएको एक सिलिण्डर ग्यासको मुल्य घटाएर असोजबाट २ हजार रुपैयाँमा बिक्री गर्न थालेको छ ।
२३ सय रुपैयाँमा बिक्री गर्दै आएको सगरले पनि मुल्य घटाएर २ हजार बनाएको छ । २३ सय रुपैयाँमा बिक्री गर्दै आएको त्रिवेणीले २ हजार र २३ सय पर्ने नारायणीले पनि घटाएर २१ सय ५० रुपैयाँमा बिक्री गरेको संघले जनाएको छ ।
त्यस्तै त्रिशुल, सुर्य, एचपी, तारा, गीता ग्यासले पनि २३ सय बाट घटाएर प्रति सिलिण्डर २१ सय रुपैयाँ मूल्य कायम गरेका छन् । उद्योगीले यसअघि धरौटीको नाममा मुल्य लिने गरेका थिए । सर्वसाधारणले धरौटी रकम फिर्ता पाएका छैनन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्