बलत्कारको तथ्यांक, पाँच बर्षमा ५ हजार ३ सय १९
हालै सार्बजनिक ५ बर्षमा ५ हजार ३ सय १९ बलात्कारको डरलाग्दो तथ्यांकले समाज कुन दिशा तर्फ जाँदैछ अनुमान गर्न नसकिने भएको छ । मानीसहरुमा संबेदनशिलता हराउँदै गएको पछिल्लो घटनाक्रमले दर्शाएको छ ।
बतात्कारका शिकार हुनेमा स–साना नानीहरु तथा किशोरीहरु रहेका छन् जसले गर्दा आम अभिभावकमा नानी बिशेष गरी छोरी कसरि जोगाउने भन्ने चिन्ता थपिएको छ ।
८ बर्ष अगाडी १२ बर्षे एक बालिकालाई एक पुरुषले काठमाडांैको ठमेलस्थित एक रेष्टुरेन्टमा काम लागाइदिए । नुवाकोट घर भएकी बालिका पारिवारिक रुपमा एक्लो थिइन् । काठमाडौँ गएर जागिर खुवाइदिन्छु पढाइदिन्छु भनेपछि बालिकाका आफन्तले अपरिचित ब्यक्तिको साथ लगाएर बालिकालाई राजधानी पठाए ।
खाने खेल्ने उमेरकी बालिकालाई ती ब्यक्तिले राजधानीको ब्यस्त ठमेल स्थित एक रेस्टुरेन्टमा जागिर लगाइदिए । आफन्त कोही नभएकी एक्ली बालिका बाध्य भएर उक्त रेस्टुरेन्टमा काम गर्न थालिन् । तर अफसोच उनलाई रेष्टुरेन्टमा यौन दुब्र्यबहार हुन थाल्यो ।
हुँदा हुँदा उनलाई बलात्कार समेत भयो । आखिरी थाहा भयो बालिकालाई प्रलोभन देखाएर राजधानी ल्याएका ब्यक्तिले उनलाई बेचिदिएका रहेछन् । उनी कसैको जबरजस्तीमा पटक पटक बलात्कारमा परिन् । केही समयपछि रक्षा नेपाल नामक एक संस्थाले बालिकाको उद्धार ग¥यो र आज ८ बर्ष वित्यो ति बालिका २३ बर्षकी भएकी छिन् ।
जुन बेला उनी मानसिक रुपमा निकै कमजोर बनेकी थिइन् । घटनाले दिएको मानसिक पीडाले उनलाई माथि उठ्न निकै सकस भयो र त्यसको तीतो यथार्थ बाँड्दै उनले भनिन् ।
घटनाले उनको आत्मबल निकै गिरेको थियो । मानिसहरु देख्दा डराउँथिन् । घरबाट बाहिर निस्कन सक्दैनथिन् । मानसिक तनाव र सामाजिक मनोभावनाको प्रत्यक्ष सिकार र पीडित थिइन् उनी । आफ्नै गल्तीले यो सब भएको सोच्थिन् उनी र समाजबाट भाग्ने प्रयास गर्थिन् ।
आफु जस्तै धेरै बालिका र किशोरीहरु यौनहिंशा र वलात्कारको सिकारबाट पीडामा परेको देखेपछि आत्मबल कमजोर नबनाई यस्ता घटनाको सामना र नियन्त्रणको प्रयास गर्नेतर्फ उनको मन तानियो । उनी पीडा भुलेर विस्तारै माथि उठ्न थालिन् ।
रक्षा नेपालमै उनलाई पीडा भुलाउने र मनोवल बढाउने प्रयास भयो । अहिले त्यो घटनाको स्मरणले दिने जुन पीडा थियो त्यो हटेको छ । उनी कमजोर होइन डटेर समाजका लागि जीइरहेकी छिन् ।
आज आफुजस्तै पीडामा परेका धेरै साथीहरुको पीडा भुलाउन र यो समाजमा स्थापित गराउन लागी परेकी छिन् । नजिकबाट घटेका यौनजन्य हिंसाका घटनालाई नियालेकी उनले बलात्कार जस्तो जघन्य अपराधको घटनाका बारेमा समाज र राज्य गम्भीर बन्नुपर्ने धारणा राख्छिन् ।
बाल अवस्थामै यौनहिशांको सिकार भएकी उनी अहिले युवती भइसकिन् । उनले त ८ बर्षपछि आफुलाई साहसिक बनाउने प्रयास गरेकी छिन् । यो समाजमा आफुजस्ता पीडितलाई निर्धक्क बाँच्ने वातावरण दिन लागी परेकी छिन् ।
तर कयौँ बालिका र किशोरी अहिले पनि हिंसाको सिकार बनिरहेका छन् । समाजमा बोल्न नसकेर, हिड्न नसकेर, डरै डरमा समाजबाट भागी भागी जीवन विताइरहेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्