सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मुग्लिन सडकखण्डमा ढुंगाले किचेर चालकको मृत्यु

नारायणगढ–मुग्लिन सडक खण्डमा माथिबाट झरेको ढुंगाले किचेर माइक्रोबस चालकको मृत्यु भएको छ ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा २ ख ५४४९ नम्बरको माइक्रोबस इच्छाकामना ५ खहरेमा आइपुग्दा माथिबाट चालकको सिटमाथि ढुंगा खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुने चालकको परिचय खुलेको छैन । बसका अन्य यात्रु भने सकुशल रहेको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिएका छन ।

दुर्घटनापछि केहीबेर अबरुद्ध रहेको नारायणगढ मुग्लिन सडकखण्ड अहिले सुचारु भएको छ । निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्डको म्याद बुधबार मात्रै चौथोपटक थपिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्