सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पर्वतमा सामुहिक बलत्कार, विद्यार्थी नेता नै संलग्न

बाग्लुङ्गमा लाग्ने चैते दशैँ मेला हेरेर फर्किएकी स्याङ्गजाकी एक युवतीमाथि बिहिबार सामुहिक बलात्कार भएको घटना सार्बजनिक भएको छ । बलत्कार घटनामा पक्राउ पर्ने पर्वतस्थित गुप्तेश्वर क्याम्पसका स्ववियु सभापति समेत रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति कुस्मा–५ का २३ वर्षीय शिशिर क्षेत्री, कुश्मा–१७, वडागाउँका सौगात शर्मा पौडेल र कुश्मा–५ कै मेलमिलाप चोकका सुजल श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई लिफ्ट दिने नाममा युवतीलाई छमर्केस्थित ‘न्यू सेवा गेष्ट हाउस’ लगेर सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको घटनाबारे खबर नगरेको आरोपमा होटल सञ्चालक वाग्लुङ–१२, वलेवा अमलाचौरका ३८ वर्षीय शेरबहादुर हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक दिपक थापाका अनुसार बिहीबार राति पीडित युवती साथीसँगै बाग्लुङमा लागेको चैते दशैँ मेलामा सहभागी भएर पर्वत फर्किन गाडी कुरिरहेका थिए ।

त्यही क्रममा दुई वटा मोटरसाइकल उनीहरुको अगाडि आएर कुश्मा जाने भए लिफ्ट दिन्छौं भनि मोटरसाईकलमा हालेर हिँडेको पाईएको छ । तर, कुश्मा नगरपालिका–४, छमर्के गएपछी उनीहरुले ‘न्यू सेवा गेष्ट हाउस’ लिएको प्रहरीले बताएको छ ।

त्यहाँ उनीहरुले अर्का एक जना साथीलाई पनि बोलाएको अनुसन्धानमा खुल्न आएको छ । होटलमा उनीहरुले मदिरा सेवन गरेको र युवतीहरुलाई पनि मदिरा खुवाएपछि बलात्कार गरेको खुलेको छ ।

अर्की युवती भने भाग्न सफल भएको र उनले नै खबर गरेपछि जिल्ला प्रहरी कार्यालय, पर्वतको टोली घटनास्थल पुगेर उद्दार गरेको थियो । बलत्कारमा परेको भनिएकी युवतीको स्थाई घर स्याङ्गजा भएको प्रहरीले बताएको छ ।

बलत्कारमा संलग्न भनिएका तीन जनालाई होटलको कोठाबाट युवतीसँग बसेकै अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । उनीहरुमाथि जबरजस्ती करणी मुद्दा अन्तरगत ७ दिनलाई म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्