सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

घरज्वाईँलाई छोराको नागरिकता, अंश माग्दा थाहा भयो

मोरङका मिलन परियार कास्कीका धनजीतका ज्वाइँ हुन् । धनजीत विदेशमा भएका बेला जेठी श्रीमती मनकुमारीले जेठी छोरीको बिहे मिलनसँग गरिदिएकी थिईन । तर, उनै ज्वाइँले सासुसँग मिलेर छोराको नागरिकता लिएको खुलेको छ ।

नक्कली नागरिकता लिने मिलनसँगै सांक्षी बसेका वडा सदस्य, पूर्व अध्यक्ष, तत्कालीन वडा सचिव सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिलन र मनकुमारीसँगै पोखरा महानगरपालिका वडा नम्बर १० का सदस्य सम्मरबहादुर श्रेष्ठ, पूर्ववडाध्यक्ष मनवीर गुरुङ, तत्कालीन वडा सचिव नवराज थापासहित ८ जना पक्राउ परेका हुन् ।

धनजीतले आफ्नै जेठी श्रीमती मनकुमारीको सहयोगमा ज्वाइँले नक्कली नागरिकता बनाएको भन्दै उजुरी दिएका थिए । २०७० साल पुस १७ गते मीलनले झुठो विवरण बुझाएर नागरिकता बनाएको भन्दै उनले श्रीमती र मीलनविरुद्ध उजुरी दिएका थिए ।

लगत्तै मीलन र मनकुमारीलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले साक्षी बसेका वडा सदस्य सम्मबहादुर, पूर्व अध्यक्ष मनवीर, पूर्व वडा सचिव नवराजसहित गोमा तामाङ थापा, धनमाया गुरुङ, नीलम गुरुङलाई पनि पक्राउ गरेको हो ।

‘झुठो विवरण पेश गरी नागरिकता लिएको भन्दै उजुरी परेपछि अनुसन्धान भईरहेको थियो’ कास्की प्रहरीका प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले भने, ‘उनीहरुलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।’

धनजीतका अनुसार मनकुमारी उनकी जेठी श्रीमती हुन् । आफू विदेशमा भएको बेला मनकुमारीले मिलनलाई घरज्वाइँ मात्र बनाइनन, झुटा कागज बनाएर नागरिकता पनि दिलाएकी हुन् । मिलनले अंश मागेपछि धनजीतले यो कुरा थाहा पाएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्