प्रहरीले नै युवतीको बलात्कार गर्ने प्रयास गरेपछी
प्रहरी प्रधान कार्यालयले देशभर जबर्जस्ती करणी बिरुद्ध अभियान शुरु गरेको बेला ललितपुरका एक प्रहरी बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग बालकुमारीमा कार्यरत प्रहरी जवान माधव राइलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको बताइएको छ ।
सुनसरीको धरान नगरपालिका–१९ स्थित जिमीचोक स्थायी घर भएका २९ बर्षीय प्रहरी जवान राईलाई चैत १ गते नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर लतिलपुरका प्रमुख (एसएसपी) गणेश ऐरले पुष्टि गरेका छन् ।
‘बालकुमारी प्रभागमा कार्यरत राईलाई जबर्जस्ती करणी उद्योगमा म्याद लिएर अनुसन्धान गरिरहेका छौं’ एसएसपी ऐरले भने, ‘जघन्य अपराधमा संलग्न जो–कोही पनी कानुनी दायरामा आउनुको विकल्प छैन ।’
बालकुमारी प्रभागमा पोष्टिङ भएका राई पूर्वेली गेष्ट हाउस एण्ड रेष्टुरेण्टमा खाजा खान जान्थे । खाजा खान जाने क्रममा सोही होटलमा काम गर्ने एक युवतीलाई उनले ललाई फकाई शान्ति बुद्ध गेष्ट हाउसमा भेटघाट गर्न भन्दै बोलाएर बलात्कार प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
आफूलाई प्रहरीले नै बलात्कार प्रयास गरेको भन्दै ति युवतीले उजुरी दिएपछि महानगरीय प्रहरी परिसरले राईलाई निलम्बन गरेर कारवाही अगाडी बढाएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डिएसपी) नरेन्द्र चन्दले बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्