सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

देशको अहित हुने, शिर निहुरिने काम हुँदैनः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग शंका रहित र भरपर्दो मित्रता विकास गर्न चाहेको बताएका छन् । आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विदेश नीतिको प्रस्थान विन्दु मित्रता भएको बताएका छन ।

उनले अघि भने, ‘मितत्रा कसरी हुन्छ भने सम्वन्ध, समानता र हस्तक्षेपका आधारमा हुन्छ ।’ आफ्नो भारत भ्रमणलाई राष्ट्रहितमा केन्द्रित गर्न प्रयास गर्ने उनले बताएका छन् ।

ओलीले आफ्नो प्राथमिकता सम्झौताको चाङ लगाउने नभई भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्वन्धलाई फलदायी बनाउने हुने बताएका छन । उनले भने, ‘कृषिका साथै जलमार्ग र रेलमार्गबारे पनि कुराकानी गर्छु ।’

जलमार्ग भन्नासाथ मानिसहरु छक्क पर्ने गरेको भन्दै उनले गंगाको बाटोबाट सामान ल्याउन सकिन्छ भनेर मूर्त रुपमा छलफल गर्ने उनले बताएका छन । प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणमा भारतले घोषणा गरेको सहयोग कार्यान्वयनलाई पनि भ्रमणमा प्राथमिकताका साथ उठाइने बताएका छन ।

आतंकवाद लगायतका कतिपय साझा मुद्दाहरु रहेको भन्दै उनले भारतका जायज चासो सम्बोधन गर्न सरकार तयार रहेको सदनलाई जानकारी दिएका छन । अब मित्रताको गीत गाउने मात्र नभई विकासमा सहकार्य गरेर लाभ लिनु पर्ने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘देशको अहित हुने, शिर निहुरिने कुनै काम हुँदैन, गरिने छैन ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS