सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

रोगी भएको भन्दै उप–सचिवले गरे आत्महत्या

प्रदेश नम्बर ५ को उद्योग, बन तथा पर्यटन मन्त्रालयका उपसचिवले आत्महत्या गरेका छन् । रूपन्देही प्रहरीका अनुसार उपसचिव विष्णुहरि अर्यालले मंगलबार राति सुसाइड नोट लेखेर कोठामा आत्महत्या गरेका हुन् ।

आचार्यलाई प्रहरीले मंगलबार उनी बस्दै आएको क्वार्टरको पंखा झुन्ड्याउने फलामको रडमा प्लाष्टिकको डोरी प्रयोग गरेर झुण्डिएको अवस्थामा फेला पारेको हो । आचार्य केही समयदेखि डिप्रेसनबाट पीडित थिए ।

चितवन भरतपुर महानगरपालिका–११ जागृतीचोक स्थायी घर भएका आचार्य करिब २ साताअघि मात्रै भैरहवा आएका थिए ।

मंगलबार दिउँसो २ बजेतिर ‘बिरामी छु’’ भन्दै मन्त्रालयबाट क्वाटरमा गएका अर्याल एक्लै कोठामा बसेको र संगै बस्ने साथीहरुले साँझ खाना खान बोलाउँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । क्वार्टरमा अर्यालसँगै तिन जना उपसचिव बस्दै आएका थिए ।

‘खबर आएपछि घटनास्थल पुगेको प्रहरीले सुसाइड नोट फेला पारेको छ,’ रूपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भने, ‘नोटमा आफू रोगी भएकाले बाँच्न मन नभएकाले आत्महत्या गरेको उल्लेख गरिएको छ । पोस्टमार्टमबाट पनि आत्महत्याको पुष्टि भएको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS