रत्नपार्कबाट बनेपासम्म साझाका बस आजैदेखि
साझा यातायातले तत्कालको समस्या समाधान गर्ने गरि रत्नपार्क देखि वनेपासम्म बस सञ्चालनमा ल्याउने भएको छ । सिण्डीकेटको पक्षमा रहेका यातायात व्यवसायीले कोटेश्वर पुर्वका सार्वजनिक सवारी साधन रोकेका छन् ।
मयुर यातायातले धुलिखेलसम्मको रुट इजाजत पाएपछि अन्य यातायात व्यवसायी विरोधमा उत्रिएका थिए । अरनिको यातायातका ११ समितीले बस रोकेपछि साझाले आफ्ना बस उक्त रुटमा चलाउने भएको हो ।
साझाले यात्रुहरुको असुविधालाई ध्यानमा राखेर रत्नपार्कदेखि बनेपासम्म सेवा विस्तार गर्न लागेको वताइएको छ । साझाले १६ बस बनेपासम्म सञ्चालन गर्न लागेको लेखा अधिकृत गोपाल प्रसाद पन्तले वताएका छन । विहिवारदेखि धुलिखेलसम्म साझाका बसहरु चल्ने उनले वताएका छन ।
कोटेश्वरपूर्वका १० वटा समितिले अरनिको राजमार्गमा बस संचालन नगरेपछि सरकारले अन्य व्यवसायीहरुलाई धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ । यातायात व्यवस्था विभागले अरनिको राजमार्ग अन्तरगतको धुलिखेलसम्मको रुट इजाजत लिन आउन यातायात व्यवसायीहरुलाई बुधबार आह्वान गरेको हो ।
यस रुटमा चल्ने धेरैजसो यातायात सेवा समितिले बस संचालन गर्न अटेर गरेपछि अन्य यातायात संचालकहरुलाई पनि धुलिखेलसम्मको रुट इजाजत लिन आह्वान गरिएको विभागका निर्देशक तुलसीराम अर्यालले जानकारी दिएका छन् ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्