तस्करले अमेरिका पुर्याएका मुर्ति फिर्ता ल्याइयो
अमेरिकाको मेट्रो पोलिटन म्युजियममा रहेको २ वटा पूरातात्विक महत्वको मूर्ति नेपाल फिर्ता ल्याइएको छ । नेपालबाट ८८ वर्ष अघि हराएको बुद्धको मूर्ति र ९५ वर्ष अघि हराएको उमा महेश्वरको मूर्ति बुधबार नेपाल ल्याइएको हो । चोरी भएका दुबै मूर्ति तस्करले अमेरिका पुर्याएका थिए ।
नेपालको दाबीपछि म्युजियमले मूर्ति फिर्ता पठाएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिएका छन । अमेरिकास्थित महावाणिज्यदूत मधु मरासिनीले म्युजियमले सहज ढंगले मूर्ति फिर्ता गरिदिएको बताएका छन ।
बुद्धको मूर्ति विक्रम संवत १९८६ मा काठमाडौंको याटखाबाट हराएको थियो भने विक्रम संवत १९८० मा उमा महेश्वरको मूर्ति ललितपुरको पाटनस्थित टंगालहिटीबाट हराएको थियो ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्