सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पुनर्निर्माण गर्न चीनले दिने भयो १६ अर्ब

चीनले भूकम्प पछिको पुनर्निर्माणका लागि १६ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ । नेपालको पुनर्निर्माणका लागि चीनद्वारा प्रतिबद्धता गरिएको सहयोग रकमलाई कार्यान्वयन गर्ने प्रक्रिया अन्तर्गत चीनले पहिलो चरणमा यो रकम प्रस्ताव गरेको हो ।

गत वर्ष असारमा आयोजित नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा चीनले कुल ४८ करोड अनुदान रकम उपलब्ध गराउने घोषणा गरेको थियो । सम्मेलनमा विदेशी मुलुकबाट नेपालको पुनर्निर्माणका लागि घोषित अनुदानमध्ये यो सबैभन्दा बढी रकम थियो ।

उक्त ४८ करोड अनुदान रकम आगामी दुई वर्षभित्र नेपालले कार्यान्वयन गरिसक्नुपर्नेछ । चीनले नेपाललाई उपलब्ध गराउने उक्त सहयोग रकमका लागि चीन र नेपालबीच नयाँ समझदारी पत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयका अधिकारीले जानकारी दिएका छन ।

अर्थ मन्त्रालयले उक्त चिनियाँ सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न आवश्यक गृहकार्य गरिरहेको बताइएको छ । मन्त्रालयका अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका उपसचिव प्रेम उपाध्यायले भन्नुभयो–‘चीनले उक्त सहयोग राशि उपलब्ध गराउने प्रस्ताव पठाएको छ । अब हामी समझदारी पत्रमा चाँडै हस्ताक्षर गर्छौं, टुंगो भइसकेको छैन ।’

गत वर्ष साउनमा चीनले पुनर्निर्माण सहयोगको पहिलो चरण अन्तर्गत नेपाललाई एक अर्ब ६७ करोड नेपाली रुपैयाँ नगद उपलब्ध गराएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्