सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उठेर नगाएपछी गर्भवती गायिकाको गोली हानी हत्या

पाकिस्तानकी एक स्थानीय गायिकालाई लार्काना नजिकैको कांगा भिलेजमा आयोजित सांस्कृतिक कार्यक्रममा गोली हानी हत्या गरिएको छ । पाकिस्तानी समाचार एजेन्सी डन डट कमका अनुसार समिना सिन्धु भनेर चिनिने २४ वर्षीया समिना समुनलाई कार्यक्रममा आफ्नो प्रस्तुती दिने क्रममा तारिक अहमद जातेईले गोली हानेका हुन् ।

आरोपीको ‘उठेर गाउनुपर्ने आग्रह’ लाई समिनाले अस्विकार गरेपछि उनीमाथि गोली हानिएको बताइएको छ । नशाले चूर भएका आरोपीले गायिकालाई गोली हान्नुपूर्व बारम्बार उठेर गाउन दबाब दिइरहेका थिए ।

समिनालाई तत्काल चन्ड्का अस्पताल पुर्याइए पनि उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । हत्या गरिएकी गायिकाका श्रीमानले उनी ६ महिनाकी गर्भवती भएको पत्रकारलाई जानकारी दिएका छन ।

आरोपीले गायिका र उनको नजन्मिएको सन्तानको हत्या गरेकाले उनीविरुद्ध दुईको हत्या आरोप लाग्नुपर्ने गायिकाका श्रीमानले माग राखेका छन् । पाकिस्तानी पुलिसले गायिकालाई गोली हान्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्