त्रिशुलीमा वेपत्ता पुर्वगृहमन्त्रीका भाईको शव भेटियो
फाईल तस्विर
दुई साताअघि घोप्टेभीरबाट गाडीसहित त्रिशुलीमा वेपत्ता पूर्वगृहमन्त्री माधव घिमिरेका भाइको शव भेटिएको छ । भाई मोहन घिमिरेको शव आज अर्थात शनीवार बिहान तनहुँको देवघाट ४ बगहीस्थित त्रिशुली नदिको किनारमा फेला परेको हो ।
स्थानीय माझीले त्रिशुलीको किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव संगै भेटिएको परिचय पत्र र लाइसेन्सका आधारमा घिमिरेको शव पुष्टी गरिएको चितवनका डिएसपी दीपक श्रेष्ठले बताउनुभएको छ ।
त्रिशुली किनारमा शव फेला परेको खबर पाएपछि चितवन प्रहरी प्रमुख वसन्त कुँवरको नेतृत्वमा प्रहरी टोली त्यहाँ पुगेको थियो । अहिले शव फेला परेको स्थानमा जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले मुचुल्का उठाउने काम गरिरहेको डिएसपी दिपक श्रेष्ठले बताउनुभएको छ ।
मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा असोज ९ गते पुर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको परिवार चढेको गाडी घोप्टे भीरबाट खसेर त्रिशुलीमा बेपत्ता भएको थियो । घिमिरेकी आमासहित ३ जनाको घटनास्थलमै शव भेटिएको थियो ।
पूर्व गृहमन्त्री घिमिरे सहित उहाँका दुई भाइ मोहन र प्रकाश त्रिशुलीमा बेपत्ता हुनुभएको थियो । वेपत्तामध्ये भाई मोहनको शव आज भेटिएको हो । पुर्व गृहमन्त्री माधव र भाई प्रकाशको शव अँझै भेटिएको छैन । वेपत्ताहरुको एक सातासम्म खोजी गरिएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्