दसैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा (रुटसहित)
यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै दसैं अवधीभर नेपाल प्रहरीले निःशुल्क बस सेवा संचालन गरेको छ । प्रहरीको निशुल्क बस सेवा शनीबार देखि लागु भएको छ । बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म काठमाडौंका तीन रुटमा निशुल्क बस सञ्चालन गरेको नेपाल प्रहरीले जनाएको छ ।
उक्त सेवा अन्तर्गत पहिलो रुटको बस नक्सालबाट सुरु भई पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै पुनः नक्साल आइपुग्ने छ ।
यसैगरी दोस्रो रुटको बस नक्सालबाट सुरु भई मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, शहिदगेट, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, बालुवाटार हुँदै पुनः नक्साल आइपुग्ने छ ।
तेस्रो रुटको बस नक्सालबाट सुरु भई जयनेपाल हल, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु चोक, नयाँ बसपार्क, तिलिङ्गेटार, महाराजगञ्ज, सुकेधारा, रातोपुल हुँदै पुनः नक्साल आइपुग्ने छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्