सिन्धुलीमा विप्लव माओवादीको सैन्य वेसक्याम्प
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सिन्धुलीमा बेशक्याम्प राखेर सैन्य तालीम चलाएको सूचना पाएको प्रहरीले जानकारी गराएको छ । शनिबार पत्रकार सम्मेलन गरी प्रहरीले विप्लव नेतृत्वको नेकपाले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सैन्य वेशक्याम्प नै बनाउन थालेको जनाएको छ ।
प्रहरीका अनुसार नेत्रविक्रम चन्दले यही वैशाख ५ गते शैन्य तालीमको समापन गरेको बताईएको छ । प्रहरी नायब निरीक्षक विनोद शर्माले पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । सुचना पाए लगत्तै प्रहरीले घटनाको सत्यताबारे अनुसन्धान गरिरहेको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा विप्लब नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको जनाएको छ । हरिहरपुरगढी गाउँपालिका–६ कोवाडाँडाबाट शुक्रबार दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित पक्राउ गरेको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–१० निवासी विप्लव समूहका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय सदस्य २२ वर्षीय राजन बस्नेत र सिन्धुली हरिहरपुरगढी गाउँपालिका–७ बस्ने अखिल क्रान्तिकारी विद्यार्थी संगठन सिन्धुलीका जिल्ला अध्यक्ष २० वर्षीय पूर्णबहादुर भुजेललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ गरिएकामध्ये बस्नेत यस भन्दा अगाडि चन्दा संकलन मुद्दामा पक्राउ परी अदालतबाट दुई हजार धरौटी राखी तारेखमा छुटेका हुन् । उनीहरुको साथबाट नियोजेल ९०० नामको जिलेटिन ५७ थान, डेटकर्ड तार अन्दाजी दुई मिटर, डिजिटल मल्टिमिटर दुई थान, कैची एक थान, डेटोनेटर तीन पिस, मोबाइल दुई थान, ३८०० नगद, बा ३८ प ४२८६ नम्बरको कालो रंगको पल्सर र क्यानखोला नियन्त्रण उपभोक्ता समिति, सिन्धुली लेखिएको स्ट्यामप्याड छाप एक थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
गत चैत १९ गते राति धरान चतारा सडक निर्माणमा प्रयोग गरिएका कालिका कन्ट्रक्सनका पार्किङ गरी राखिएका सवारीमा आगलागी र बम विष्फोट गराई तीन करोड भन्दा बढीको क्षति गरेपछि अहिले त्यस क्षेत्रमा विशेष प्रहरी परिचालन गरी विप्लव समूहका कार्यकर्ताको व्यापक खोजी भइरहेको प्रहरी नायव निरिक्षक शर्माले जानकारी दिएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्