सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

दुई कोरिया चाँडै एक राष्ट्रमा एकिकरणः किम जोङ्ग

युद्धविराम भएको ६५ वर्ष पछि दुई कोरियाली नेताहरुले कोरियाली युद्ध अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । शुक्रबार भएको बृहद पक्षहरु समेटीएको सम्झौतामा हस्ताक्षर गर्दै उनीहरुले कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउने वाँचा गरेका छन ।

दक्षिण कोरियाली राष्ट्रपति मून जे–ईन र उनका उत्तर कोरियाली समकक्षी किम जोङ्ग उनले कोरियाली प्रायद्विपमा ‘शान्ति, समृद्धी र एकीकरणको प्यानम्युनजोम घोषणापत्र’मा हस्ताक्षर गर्दै यस्तो वाँचा गरेका हुन ।

दुई देशबिच भएको लामो छलफलपछी तयार पारिएको घोषणापत्रमा हस्ताक्षर गरेपछी दुई नेताहरुले ताली बजाएका थिए र एक अर्कालाई अङ्गालो मारेका थिए । उनीहरुबीच दिनभरी चलेको बैठकलाई विश्वभर प्रत्यक्ष प्रशारणमार्फत देखाइएको थियो ।

एक अलग भाषणमा उनीहरुले कोरियाली प्रायद्वीपमा नयाँ युग शुरुवात गर्ने प्रतिबद्धता जनाएका छन । विश्वका मिडियालाई सम्बोधन गर्दै किम जोङ्ग उनले “कोरिया एक राष्ट्रको रुपमा एकिकरण हुने” बताएका थिए । तीन पृष्ठको सहमतिले चरणबद्ध रुपमा निशस्त्रीकरण गरेर कोरियालाई आणविक अस्त्र मुक्त बनाउने बताएको छ ।

दुई कोरिया सन् १९५० मा एक अर्का विरुद्ध युद्धमा गएका थिए । त्यसको तीन वर्षपछि युद्धविराम भएको भए पनि कुनै औपचारिक शान्ति सम्झौतामा हस्ताक्षर भएको थिएन । त्यसैले प्राविधिक रुपमा अहिले पनि दुई देश युद्धमा छन् ।
घोषणापत्रमा भनिएको छ–“दुई नेता गम्भिरताका साथ घोषणा गर्दछौं कि कोरियाली प्रायद्विपमा अब कुनै युद्ध हुनेछैन र शान्तिको नयाँ युग शुरु भएको छ ।”

यस्ता छन घोषणाका मुख्य बुँदाहरुः
–‘कोरियाली युद्धको अन्त्यको घोषणा गर्ने उद्देश्यले’ अमेरिका र चीन समेत समावेश चार पक्षीय बैठक गरिने
–एक अर्कालाई चिड्याउने खालका सबै कार्यहरु बन्द गर्ने र गैर सैनिक क्षेत्रलाई ‘शान्ति क्षेत्र’को रुपमा विकास गरिनेछ ।
–कोरियाली युद्धले विभाजित गरेका परिवारहरुको पुनरमिलन कार्यक्रम यो वर्षको अगष्ट १५ बाट शुरु गर्ने
–कोरियाको सिमाना नजिक रहेको किसोङ्ग साझा आर्थिक क्षेत्रमा संयुक्त सम्पर्क कार्यालय खोल्ने
–दुई देशको सबै सरकारी तहबीच नजिकको कुटनैतिक सम्बन्ध कायम गर्ने
–अन्तराष्ट्रिय समारोहहरुमा सयुक्त टिम पठाउने । यसको शुरुवात सन् २०१८ को एसियाली गेमबाट गर्ने ।

दुई देशका राष्ट्रपतिबिच यसरी भएको थियो रोचक भेटघाट

उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग सुरुमा दक्षिणतर्फ आए । दक्षिणका राष्ट्रपति मुन किमलाई पर्खिरहेका थिए । दुवै जनाले आ–आफ्नो क्षेत्रमा उभिएर हात मिलाए । त्यसपछि दक्षिणको भागमा आएर उत्तरका उनले फोटो खिचाए ।

अनि दक्षिणका मुनले उनलाई बार्तास्थल पीस हाउसतर्फ जानका लागि इशारा गरे । तर, उत्तरका किमले मुनलाई उत्तरको भूभागमा पुगेर फोटो सेसन गर्ने प्रस्ताव गरे । दुवै नेता हात समाएर उत्तरको भूभागमा पुगे र फोटो खिचाए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS