सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यस्तो भयो पुर्वी नेपालको ‘तोचिगी सांगितिक साँझ’

स्थानीय समय अनुसार ४ बजे नै कार्यक्रम सुरु गर्ने भनिए पनि नानी देखि लागेको समयभन्दा ढिला पुग्ने नेपालीको बानीले गर्दा पुर्वी नेपालको तोचिगी सांगितिक साँझ केही ढिला गरी सुरु भयो ।

गोल्डेन विक विदाको सुरुवाती समय भएकाले पनि कामको थकान बाँकी नै रहेकाले दर्शकहरु विस्तारै भरिँदै गए र कलाकारहरु पनि आए । स्टेजमा लोकदोहोरी गायक एमबि गुरुङ्गले भावुक गित ‘बग्यो खोली सागर भेट्नलाई’ गाएपछी सुरु भएको सांगितिक माहोल राति १० बजेसम्म जमेको थियो ।

गायक एमबि गुरुङले ‘घारीमा केरा पाक्यो, बारीमा मकै’ लगायतका गित गाएपछी स्टेजमा उत्रिएका लोकदोहोरी गायक रामशरण रसाईली र गायिका तथा मोडल सोना केसीले पनि सांगितिक माहोल तताएका थिए ।

चलचित्रको पुरानो गित ‘मोहनी लाग्ला है’ अनि ऐश्वर्य चलचित्रको ‘तिमि रोएको पल’ लगायतका थुप्रै गित गाएर गायक रामशरण र गायिका सोनाले सांगितिक साँझलाई रंगिन बनाएका थिए ।

सञ्चारकर्मी तथा गायक नविन दाहालले पुर्वेली गितहरु गाएर दर्शक दिर्घालाई मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी ‘छैनौ दायाँ बायाँ’का गायक केशव शर्माले पनि बिभिन्न लोकदोहोरी गित गाएर दर्शकलाई रौनक थपेका थिए ।

अर्का गायक ईश्वर पौडेलले पनि लोकदोहोरी गित गाएर दर्शकलाई छमछमी नचाएका थिए । अमृत गुरुङ्ग, सुनिल पाठक, पर्वत स्याङ्तान लगायतले पनि गित गाएर माहौल रमाईलो बनाएका थिए ।

गायक दावा लामाको पप आधुनिक फ्लेभरको गितले युवाहरुलाई नाच्न बाध्य बनाएको थियो । पुर्वी नेपाल विकास सहकार्य केन्द्र, तोचिगी जापानले गोल्डेन विक विदाको अवसर पारी आयोजना गरेको ‘तोचिगी सांगितिक साँझ’ बिबिध सांगितिक कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ ।

अप्रील २९ तारिख आईतबारका दिन भएको ‘तोचिगी सांगितिक साँझ’ कार्यक्रममा बिभिन्न शिलशिलामा जापानमा रही नेपाली गित संगितमा सक्रिय कलाकारहरुको दमदार प्रस्तुतीले कार्यक्रमलाई रौनकमय बनाएको थियो ।

नाफाघाटा भन्दा पनि विशुद्ध मनोरञ्जनका लागी तोचिगीस्थित लाफा स्पोर्टस बार एण्ड ग्रिलमा आयोजना गरिएको कार्यक्रममा तोचिगी आसपासका नेपालीहरुको राम्रै सहभागीता रहेको कार्यक्रम संयोजक सरोज भेटवालले जनाएका छन ।

बिदामा मनोरञ्जन पनि होस र जापानमा रहेका नेपाली कलाकारहरुले पनि दर्शक दिर्घामा चिनिने मौका पाउन भन्ने आफ्नो उद्देष्य पुरा भएको संयोजकले बताएका छन ।

कार्यक्रममा सहभागीलाई खाजा तथा खानाको साथै सिटी रेमिटको तोचिगी काउन्टरबाट एक पटक निशुल्क पैसा पठाउने सुबिधा भएकोले सहभागीले गित सुन्न र हेर्नका लागी पैसा तिरेको जस्तो अनुभुति नै नगरेको विश्वास आफुले गरेको संयोजक भेटवालले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्