सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सुन तस्कर एसएसपीले पत्रकारलाई हाने लात्ती

साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीले सञ्चारकर्मीमाथि लात्ती प्रहार गरेका छन् ।

मोरङ जिल्ला अदालत परिसरबाट निस्किने क्रममा लोहनीले सञ्चारकर्मीहरुलाई हातपात गरेका हुन् । उनले अनलाइनखबरका विराटनगर प्रतिनिधि ध्रुव भट्टराई र पत्रकार सुमन सुस्केरालाई हातपात गरेका हुन् ।

अभियुक्तहरुको तस्वीर लिन खोज्दा लोहनी पत्रकारमाथि जाइलागेका हुन् । लोहनीले प्रहार गरेको लात्ती क्यामेरामा लागेको थियो । लोहनीले यसअघि पनि पत्रकारमाथि लात्ती हानेका थिए

यसअघि सप्तरी प्रहरी प्रमुख हुँदा पनि लोहनीले पत्रकारमाथि लात्ती हानेका थिए । कार्यभार सम्हालेर आएको भोलिपल्टै लोहनीले २०७३ साल मंसिर १० गते छिन्नमस्ता शक्तिपीठमा लात्ती प्रहार गरेका थिए ।

भारतीय योगगुरु रामदेव आएको समयमा रिपोर्टिङ्ग गर्न खटिएका पत्रकार चन्दन यादवमाथि लोहनीले लात्ती प्रहार गरेका थिए । लात्ती प्रहार गरेको घटनापछि सप्तरीका पत्रकारहरुले एक साता आन्दोलन गरेपछि लोहनीले माफी माग्दै आइन्दा यस किसिमको घट्ना नदोर्होयाउने जनाएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS