सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

हट्ने भए समितिका सबै काउन्टर बसपार्कबाट

सरकारले सार्बजनिक यातायातको सिण्डिकेट तोड्न यातायात व्यवसायी समिति खारेज गरी कम्पनी नियमावली अनुसार सञ्चालन गर्ने निर्णय गरेको बिरोधमा यातायात बन्द गराएका यातायात व्यवसायी समिति र यातायात संघका सबै काउन्टर काठमाण्डौस्थित नयाँ बसपार्कबाट हटाउने निर्णय गरेको छ ।

यातायात मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको हो ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले अत्यावश्यक सेवामा हड्ताल गरेर सरकारलाई असहयोग गरेका समितिहरुको काउन्टर बसपार्कबाट हटाउने निर्णय भएको जानकारी दिएका छन ।

निर्णयअनुसार अब नयाँ बसपार्क भित्र कम्पनीका बसहरुको मात्रै काउन्टर सञ्चालन हुनेछ । काउन्टर हटाउन लोत्सेले प्रहरी सुरक्षा मागेको छ । त्यसअनुसार गृह मन्त्रालयले बसपार्कको सुरक्षाका लागि प्रहरीलाई निर्देशन दिइसकेको छ ।

अब बसपार्क भित्रका समितिका काउन्टर हटाएर कम्पनीहरुलाई व्यवस्थित रुपमा मात्रै राखिने भट्टराईले बताएका छन । अहिले नयाँबसपार्क भित्र रहेका समितिका काउन्टरहरुमा बिचौलियाको बिगबिगी छ ।

सही किसिमबाट व्यवस्थापन नगरिँदा बसपार्क भित्रै यात्रु ठगिने र लुटिने समस्या छ । अब कम्पनीका मात्रै काउन्टर राख्ने र त्यसलाई सरकारले कडाइका साथ व्यवस्थापन गर्ने योजना बनेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS