सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिन्डिकेटवाला यातायात समितिको बैंक खाता रोक्का

सरकारले सिण्डिकेटवाला यातायात समितिका पदाधिकारीहरुको सम्पत्ति छानविन गर्ने निर्णय गर्दै समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा शुक्रबार बसेको बैठकले यातायात समिति तथा महासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको हो ।

सम्पती छानबिनका लागि यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयबाट समिति पदाधिकारीहरुको विवरण लिएर सम्पत्ति शुद्धीकरण विभागलाई उपलब्ध गराउनेछ ।

बैठकले सार्वजनिक यातायात सञ्चालन नगर्ने यातायात महासंघ र समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय गरेको छ । खाता रोक्का गर्नका लागि विभागले अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई लेखि पठाउने गृह मन्त्रालय स्रोतले जनाएको छ ।

बैठकले यातायात सेवा सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । साथै विमा लगायतका केही जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएको छ । तर, सिन्डिकेट अन्त्यको निर्णयबाट पछि नहट्ने गृह र यातायातमन्त्री दुबैले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्