सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालका पाँच ठाउँमा फ्रि भाइबर सेवा

free-viber-zone

भिडियो कल होस या भ्वाईस कल या म्यासेज, कुराकानि गर्ने हरेक माध्यममा आफुलाई अपडेट गर्दै प्रयोगकर्ताको मन जित्न सफल एप्लीकेसन भाइबरले काठमाडौं उपत्यका भित्र फ्रि भाइबर क्षेत्र सुरु गरेको छ ।

असोज २२ गते देखि लागू हुने गरी भाईवरले उपत्यकाका पाँच स्थानलाई फ्रि भाइबर क्षेत्र तोकेको हो । फ्रि भाइबर क्षेत्र सँधैलाई हो या निश्चित समयका लागी हो भन्ने बारेमा केही खुलाईएको छैन ।

भाईवरले ललितपुर मल, सिटी सेन्टर, नयाँ बानेश्वरको क्याफे दि क्राफ्ट काठमाण्डौ मलको निमन्त्रणा रेष्टुरेन्ट र न्युरोडस्थित ताम्राकार हाउस अगाडी रहेको डिजी टेक काठमाडौंलाई फ्रि भाइबर क्षेत्र घोषणा गरेको हो ।

फ्रि भाइबर क्षेत्र सुबिसु केबल नेट प्रा.ली.ले उपलब्ध गराएको हो । फ्रि भाइबर क्षेत्रमा प्रयोगकर्ताले सुविसुको निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्नेछन । प्रयोगकर्ताले फ्रि भाइबर क्षेत्रबाट सित्तैमा अडियो तथा भिडियो कल र म्यासेज पठाउन सक्नेछन् ।

भाइबरका साउथ एशिया क्षेत्रीय प्रमुख अनुभव नैयरका अनुसार दशैँमा रमाइरहेका नेपाली प्रयोगकर्ताहरुलाई सुबिधा होस भनेर फ्रि भाइबर क्षेत्र लागु गरिएको हो । भाइबरले दशैं स्टिकर पनि नेपालभर सित्तैमा उपलब्ध गराएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्