सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

उद्देष्य नभएकाहरु फेसबुकमा लाईक गन्दै बस्छन

facebook-like

फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल आधुनिक जीवनको पर्याय जस्तै बनिसकेका छन् । साथीभाईसँगको सम्पर्क देखि दुनियाँको पछिल्लो जानकारी सबै आजभोली फेसबुकमै हुन्छ । मनको शान्ति खोज्न होस या खुशि साट्न, हामी धेरैका लागी फेसबुक नै एउटा विश्वासीलो माध्यम बनेको छ ।

मान्छेसँग भन्दा बढि आत्मीयता आजभोली फेसबुकमा भेट्छौँ हामी । हाँसो, आँसु, साथीभाई, आफन्त सारा संसार फेसबुकमै खोज्ने बानी भईसकेको छ । मनमा केही कुरा आउनै हुन्न पोष्ट गरिहाल्ने, यसो केही देख्नै हुन्न मोवाईलले सेल्फी खिचिक्क पार्यो अपलोड गर्यो ।

स्ट्याटस होस या फोटो, फेसबुकमा हालिसकेपछी लाईक र कमेन्टको ठुलै आश हुन्छ । कसले पहिला लाईक गर्यो, कति लाईक आयो, कति कमेन्ट आयो । अँझ नेपालजस्तो वेरोजगारीको मुलुकमा लाइक र कमेन्ट गन्नु के ठुलो कुरा भयो र ! यही फेसबुकका लाइक र कमेन्ट गन्दै बस्नु उद्देष्य बिहिन जीवन बाँचिरहेकाहरुको काम भएको एउटा अध्ययनले देखाएको छ ।

फेसबुकका लाइक र कमेन्ट सम्बन्धी मानिसको मनोविज्ञानबारे गरिएको एक अध्ययनमा कुनै उद्देष्य बिनाको जीवन बाँचीरहेकाहरुले फेसबुकका लाईक र कमेन्ट गन्दै बस्नु गर्वको कुरा भएको पाईएको छ । त्यसको विपरीत जिवनमा कुनै निश्चित उद्धेश्य बोकेका मानिसका लागि फेसबुकमा आउने लाइकले उसको आत्मसम्मानमा पार्ने प्रभाव निकै गौण भएको अध्ययनले देखाएको छ ।

अमेरिकाको कोर्नेल विश्वविद्यालयका शोधकर्ता एन्थोनी बुरोका अनुसार आफ्नो जिवनको उद्धेश्यको ज्ञान भएका मानिसहरुले फेसबुक स्टाटसमा आउने लाइकलाई त्यति महत्व दिँदैनन । उनीहरु यस्ता भर्चुअल पृष्ठपोषण प्रति बढि नै तटस्थ हुन्छन ।

स्वनिर्देशित तथा भविष्यपरक र अरुलाई समेत फाइदाजनक उत्प्रेरणालाई शोधकर्ताहरुले सेन्स अफ पर्पोज अर्थात उद्धेश्य बोध भनी परिभाषित गरेका छन । शोधकर्ताहरुका अनुसार फेसबुकमा लाइक र कमेन्ट पाउनु आफैमा राम्रो कुरा भएपनि तिनै फिडब्याकमा आफ्नो आत्मसम्मान खोज्नु राम्रो काम नभएको शोधकर्ताको भनाई छ ।

सेन्स अफ पर्पोज नभएका मानिसहरु आफ्ना स्टाटसमा कम लाइक आउँदा निकै नराम्रो अनुभव गर्दछन र आत्मसम्मान नै गिराउँछन । कमेन्टमा अरुले आफुलाई के भने ? भन्ने आधारमा आफ्नो महत्व तथा आत्मसम्मानको तुलना गर्दछन् ।

अर्कोतर्फ उद्देश्य सहित हिँडेका मानिसहरु चाहीँ सकारात्मक कमेन्टलाई हेर्न चाहीँ हेर्छन तर मख्ख पर्नका लागि त्यस्ता फिडब्याकमा मात्र विश्वस्त भएर बस्दैनन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS