सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अचम्मको चलन, आमाबुवाले बनाईदिन्छन सेक्स झुपडी

दुनियाँमा ठाउँ अनुसारका बिहे परम्परा छन् र केही परम्परा यस्ता छन् जसले सबैलाई अचम्ममा पार्दछ । यसमध्येको एउटा परम्परा कम्बोडियामा छ, जहाँ युवतीहरुलाई धेरैजना पुरुषसँग यौन सम्बन्ध कायम गरी आफ्नो लागि उपयुक्त लोग्ने छान्ने स्वतन्त्रता छ ।

कम्बोडियाको क्रिउन आदिवासीहरुमा विवाहको एउटा अनौठो परम्परा छ । उक्त आदिवासी समुदायका चेलीहरु विवाह पूर्व नै आफुले चाहेका एकभन्दा धेरै युवकहरुसँग यौन सम्पर्क गर्न स्वतन्त्र हुन्छन् ।

छोरीहरुको सजिलोका लागि उनीहरुका बुवाआमाले नै घरभन्दा केही टाढा प्रेम झुपडी बनाइदिन्छन् । उक्त लभ हट अर्थात् प्रेम झुपडीमा अविवाहित छोरीहरु आफूले चाहेको युवकसँग रात बिताउन तथा सहवास गर्न समेत पाउँछन् । अभिभावकहरुले आफ्ना छोरीलाई विवाहपूर्व नै सम्बन्ध कायम गर्न उक्साउँछन् ।

किशोरावस्थाबाटै छोरीहरुले त्यस्तो स्वतन्त्रता प्राप्त गर्दछन् र बाउले बनाइदिएको प्रेम झुपडीमा धेरै भन्दा धेरै युवकहरुसँग प्रेम तथा सहवास गरी आफ्नो लागि उपयुक्त जिवनसाथी छनोट गर्दछन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्