सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सुनकाण्डमा एसएसपी, एसपीसहित २८ जना थुनामा

जिल्ला अदालत मोरङले साढे ३३ केजी सुन तस्करीको अभियोगमा पक्राउ परेका २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । दुई जना भने तारेखमा छुटेका छन् ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले संगठित अपराध निवारण ऐन दफा ४१ र मुलुक ऐन दफा ११८ को २ अनुसार २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी संजय राउत, प्रजित केसी, सई बालकृष्ण संजेल पनि थुनामा गएका छन् । यस्तै भुजुङ गुरुङ, मोहन काफ्ले, टेकराज मल्ल ठकुरी लगायतलाई पनि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिईएको छ ।

प्रहरी जवानद्वय अमरबहादुर थापा र विष्णुबहादुर खड्का भने तारेखमा छुटेका छन् । एसएसपी श्याम खत्रीका ड्राइभर खड्काले राजीखुसीले तस्करी गरेको नदेखिएको भन्दै तस्करबाट लिएको भनिएको १५ हजार धरौटीमा छोड्न आदेश दिइएको छ ।

अमरबहादुर थापा खत्रीका अंगरक्षक हुन् । खड्काले आफ्नो बयानमा थापाले पनि तस्करीको सुन स्कर्टिङमा सहयोग गर्ने बयान दिएको तर, प्रमाणित नभएको र रकम लिएको नदेखिएको भन्दै सहअभियुक्तको पोलका आधारमा थुनामा राख्न र धरौटी लिन नमिल्ने ठहर गरेको छ । उनी साधारण तारेखमा छुटेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS