बिदेशबाट सिप सिकेर फर्कनेलाई १० लाख ऋण
सरकारले बजेट भाषणमार्फत शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने घोषणा गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा ७ लाख रुपैयाँसम्म ऋण दिने उल्लेख गरेका हुन ।
सरकारले कामका लागी बिदेश जाने बाध्यतालाई अन्त्य गर्न भन्दै प्रधानमन्त्री रोजगारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि सरकारले ३ अर्व १० करोड रुपैया बजेट छुट्टयाएको छ ।
सार्वजनिक रोजगारी प्रत्याभुतिको लागि सरकारले छुट्टै विद्येयक संसदमा पेश गर्ने भएको छ । सरकारले रोजगार सुचना केन्द्र स्थापना, समान कामको लागि सामान ज्याला, आन्तरीक श्रम निरिक्षण गर्ने भएको छ ।
वैदेशिक रोजगारीबाट फर्केका कामदारको सीप परीक्षण गरि उद्यम गर्नको लागि १० लाखसम्म ऋण दिने योजना ल्याएको छ । सीप सिकेका कामदारलाई मात्रै वैदेशिक रोजगारीमा जान दिने र ७ वटै प्रदेशमा श्रम स्वीकृतिको लागि कार्यालय स्थापना गर्ने भएको छ ।
त्यसैगरी च्यालेन्ज फन्ड स्थापना गर्ने, वैदेशिक रोजगारीको कार्यमा संलग्नलाई आन्तरिक रोजगार सिर्जना गर्नमा प्रयोग गर्ने भएको छ । सरकारले नीति तथा कार्यक्रम मार्फत पनि ५ बर्षभित्र कामका लागी बिदेश जानुपर्ने बाध्यता अन्त्य गर्ने घोषणा गरेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्